Online Bichar
बिहिबार, जेठ ३०, २०८२ | Thursday, June 12, 2025

काठ्माडौं, ३० जेठ २०८१ । आइफोनको नयाँ अपरेटिङ सिस्टम आइओएस १८ मा नयाँ फिचर थप हुने भएको छ।

आइओएस १८ समर्थन गर्ने आइफोनहरूमा अब कल रेकर्ड र ट्रान्सक्राइभ फिचर उपलब्ध हुने भएको हो। यो फिचर आइफोन १२ र सोभन्दा नयाँ मोडलहरूमा उपलब्ध हुनेछ।

अन्तर्राष्ट्रिय प्रविधि वेबसाइट द भर्जका अनुसार एप्पलले आइओएस १८ मा कल रेकर्ड र ट्रान्सक्राइभ फिचर उपलब्ध गराउनेबारे सोमबार आयोजित वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्लुडिसी) मा घोषणा गरेको हो।

कल रेकर्डिङ फिचर प्रयोग गर्दा जुन व्यक्तिसँग कलमा भइन्छ, सो व्यक्तिलाई भइरहेको कल रेकर्ड गरिएको भने जानकारी गराइने समेत एप्पलले जनाएको छ।
अडिओको ट्रान्सक्राइभ अथवा लिखित भने फोनको नोटमा गएर बस्नेछ। कलको ट्रान्‍सक्राइभ सकेपछि नोट एपबाटै एप्पलको एआई प्रविधिबाट सारांश निकाल्न सकिन्छ।

अडिओ ट्रान्सक्राइभ अंग्रेजी, स्मानिस, जर्मन, फ्रेन्च, जापानिज, चाइनिज, क्यान्टोनिज र पोर्चुगिस भाषामा हुनेछ समेत एप्पलले जनाएको छ।

कम्पनीका अनुसार आइओएस १८ मा थप केही फिचरहरू पनि उपलब्ध गराइनेछ। जस्तै, कस्टमाइज गर्न मिल्ने होमपेज, कन्ट्रोल सेन्टरमा केही परिवर्तनहरू र ट्याप रेस्पोन्समा पनि केही सुधार गरिने बताइएको छ।

 

तपाईको प्रतिक्रिया