Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

जनकपुर, २८ चैत २०८१ । सुनको सिक्री लुट्न महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ मोटरसाइकलमा आएका अज्ञात समूहले सुनको सिक्री लुट्न युवकमाथि गोली प्रहार गरेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

महोत्तरीको गौशाला ११ निवासी विनय महतोमाथि गोली प्रहार भएको महोत्तरी प्रहरी प्रवक्ता सन्तु जैसवालले बताए । उनका अनुसार साँझ मरहा जाँदै गरेको अवस्थामा महतोमाथि गोली प्रहार भएको हो । ३० वर्षीय महतोको कम्मरमुनि एक राउण्ड गोली प्रहार गरिएको महोत्तरी प्रहरी प्रवक्ता जैसवालले जनाए ।

घाइते महतोलाई उपचारको लागि जनकपुर अस्पताल लगिएको महोत्तरी प्रहरी बताउँछ । तर उनको अवस्था चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले महतोमाथि गोली प्रहार गरी सुनको सिक्री समेत लुटी लगेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने अज्ञात समूहको खोजी कार्य जारी रहेको प्रहरी भनाइ छ ।

 

तपाईको प्रतिक्रिया