Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

काठमाडौं, २७ जेठ २०८१ । नेपाली बजारमा सुनको मूल्य ४ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला १ लाख ४१ हजार निर्धारण गरिएको छ। शुक्रबार छापावाला सुन तोलामा १ लाख ४५ हजारमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर एक तोलाको १ हजार८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतिोला १ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो।

 

 

तपाईको प्रतिक्रिया