Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

झापा, १६ जेठ २०८१ । झापामा बुधबार बिहान आएको पानीसहितको हावाहुरीले २ करोड भन्दा बढी मूल्य बराबरको क्षति गरेकोे छ । बुधबार बिहान अन्दाजी १ बजेको समयमा आएको पानीसहितको हावाहुरीले ३ वटा उद्योग, घर र पसलमा क्षती पुर्याउँदा २ करोड ६२ लाख ८० हजार मूल्य बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हावाहुरीले मेचिनगर नगरपालिका वडा नं. १० प्रगती टोल बस्ने डिल्लिराम श्रेष्ठले संचालन गरेको भेनियर उद्योगको ७ ट्रक (ट्रकमा लोड गर्दा हुने परिणाम) भेनियर पत्ता, कामदार बस्ने कटेज, पिलिङ मेसिन, चाईनिज मेसिन सहित उद्योगको दुबै पट्टीको टिनको छानामा क्षती गरी अन्दाजी १ करोड बराबरको क्षती भएको जनाइएको छ ।
सोही ठाउँको लालपानी स्थित रहेको श्याम न्यौपानेले संचालन गरेको सिद्धबिनायक भेनियर उद्योगको १ ट्रक(ट्रकमा लोड गर्दा हुने परिणाम) भेनियर पत्ता, उद्योगको टिनको बेरा र छाना उडाई अन्दाजि १०लाख बराबरको क्षती भएको छ । यस्तै, सोही ठाउँकै प्रगति टोल बस्ने याम प्रसाद आचार्यको घरको टिनको छानो उडाउदा ५० हजार मूल्य बराबरको क्षती, मेदनी खनालको घरको टिनको छानो उडाउदा ५० हजार मूल्य बराबरको क्षती, राधिका राजवंशीको टिनको छानो र टिनको बेरा भएको पसलमा क्षति पुर्याउँदा १ लाख बराबरको क्षति भएको छ भने, ख्याम प्रसाईले संचालन गरेको शिवम प्लाई उद्योगको ६ ट्रक बराबरको भेनियर पत्ता, सोहि उद्योगको छानो, भान्सा घरको छानो उडाउँदा १ करोड ५० लाख बराबरको क्षती भएको जनाइएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय धुलावारीमा कार्यरत प्रहरी कार्यालय सहयोगी अमित सुर्खेतीले कार्यालय परिसर भन्दा बाहिर(गेट अगाडि) संचालन गर्दै आएको टिनको छानो बाँसको बेरा भएको खाजा घरको छानो उडाउँदा ८० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया