Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

काठमाडौं, १५ जेठ २०८१ । सरकारले दीर्घ रोगीलाई दिँदै आएको मासिक पाँच हजार रुपैयाँ अब सिधै सम्बन्धित व्यक्तिको खातामा पठाउने भएको छ। ​

क्यान्सर, मृगौला प्रत्यारोपण तथा डायलाइसिस सेवा लिँदै आएकाहरूलाई सरकारले प्रतिव्यक्ति मासिक ५ हजार रुपैयाँ दिँदै आएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अब यो रकम सिधै सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्ने व्यवस्था गरेको बताए। यसका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि कुल ८६ अर्ब २४ करोड विनियोजन गरिएको छ।

 

तपाईको प्रतिक्रिया