Online Bichar
मंगलबार, बैशाख ३०, २०८२ | Tuesday, May 13, 2025

दमक, १२ जेठ २०८१ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले दमक नगरमा लिची र कागतीको एक लाख विरुवा रोप्ने भएको छ। सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको विरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए।

उनका अनुसार भोलिदेखि औपचारिक रूपमा दमकका प्रत्येक घरमा पुगेर विरुवा रोप्न लागिएको हो। जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको उनले बताए।

विरुवा रोप्नेसँगै जनयुद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना पत्रसमेत सम्मानस्वरुप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया