Online Bichar
मंगलबार, साउन ०१, २०८१ | Tuesday, July 16, 2024

काठमाडौँ, १० जेठ २०८१ । चालु आर्थिक वर्षको १० महिनामा नेपालीले ८ अर्ब रुपैयाँको विदेशी चामल खाएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा ८ अर्ब बढी रुपैयाँको चामल आयात भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार ७७ हजार मेट्रिक टनको चामल आयात भएको छ । सो बापत ८ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख छ । सो मूल्य बराबरको चामल नेपालीले उपभोग गरेको बुझिएको छ ।

यस्तै, चालु आर्थिक वर्षमा सरकारले चामल आयात गरे बापत ९२ करोड राजस्व संकलन गरेको छ ।

बासमती चामल, उसिना चामल लगायत आयात गरिएको विभागले जनाएको छ । ती चामल भारत, चीन, थाइल्यान्ड लगायत मुलुकबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा चामलसहित ८ लाख ४९ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । सो खाद्यान्न आयात गर्दा ४० अर्ब ०७ करोड रुपैयाँ खर्च भएको छ । चामल धान, मकै, गहुँ, चामल लगायत खाद्यान्न आयात भएको हो । २ अर्ब ५३ करोड रुपैयाँ सरकारले राजस्वा संकलन गरेको छ ।

नेपालमा इटाली, भारत, चीन, इन्डोनेसिया, अमेरिका, ब्रजिल लगायत मुलुकबाट खाद्यान्न आयात गरिएको हो ।

तपाईको प्रतिक्रिया