Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौँ, ७ जेठ २०८१ । नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले मतदान बहिस्कार गरेको छ। प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा कांग्रेससहितका प्रतिपक्षी दलले मतदान बहिस्कार गरेको हो।

प्रधानमन्त्रीले विश्वासको मत लिने पूरै प्रक्रियाभर कांग्रेससहितका विपक्षी दल नाराबाजीमा रहे भने सभामुखले मत विभाजन गर्दा विपक्षीले भोट हालेनन् । जसअनुसार सत्ता पक्षका सांसदले भोट हाल्दा प्रधानन्त्रीको पक्षमा १५७ त पर्यो । अर्थात यो मत बहुमत भएसँगै उनले विश्वासको मत पाएको घोषाणा सभामुखले गरे ।

विश्वासको मतबारे मतदान हुँदा विपक्षमा कुनै मत परेन भने एक सांसद तथस्थ रहे ।

 

तपाईको प्रतिक्रिया