काठमाडौं, १ जेठ २०८१ । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्ने भएको छ। त्यसका लागि घरजग्गा मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाइने र आवश्यक कानुनी तथा संरचनागत सुधार गर्ने सरकारले घोषणा गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरदै मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताए।