Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

काठमाडौँ, १ जेठ २०८१ । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । लामो समयदेखि मुटुरोग लगायतको समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका उनी ९२ वर्षका थिए । १९८९ सालमा भोजपुरको सिक्तेलमा जन्मिएका नेपालका इतिहाससम्बन्धी दर्जनौँ पुस्तकहरू प्रकाशित छन् ।

उनका नेपाल निरुत्त लगायतका पुस्तकहरू चर्चित छन् । उनका दुई छोरा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया