काठमाडौँ, ३१ वैशाख २०८१ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु। एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु। एक लाख ३८ हजार एक सय निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन आइतबार रु। एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु। एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा रु। १० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु। एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने रु। एक हजार सात सय १५ निर्धारण भएको छ । रासस