Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

काठ्माडौं, २ वैशाख २०८१ । वान एक्स बेटमार्फत सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी छन्। उनीहरूले विभिन्न खेलहरूमा वान एक्स बेटमार्फत सट्टाबाजी गराउने गरेका थिए। उनीहरूलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएसका खाता खोलेका थिए। जसमा ९८ वटा बैंक खाताहरू जोडिएका थिए। ती खाताबाट ५७ करोड ४१ लाखअ ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार भएको खुलेको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद(५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

 

तपाईको प्रतिक्रिया