Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

झापा, २ वैशाख २०८१ । झापाको कमलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका-४ कि २७ वर्षिया पिरती भन्ने विष्णु लिम्वुको उपचारको क्रममा मृत्यु भएको हो ।

शनिबार राती अन्दाजी ११ः३० बजेको समयमा कमल गाउँपालिका-३ को सानो केर्खा स्थित राजमार्गमा दमकबाट विर्तामोड तर्फ जादै गरेको बा ६४ प १४०० नं. को मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा उपचारकोे लागि आईतबार १२ः३० बजेको समयमा बिएण्डसी अस्पताल पुर्‍याउन साथ चिकित्सकले लिम्बुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त मोटरसाइकलको पछाडी सवार सोही ठाउँका जिवन नेपालको १५ वर्षिय छोरा विपल नेपालको सोहि अस्पतालमा उपचार भइ रहेको जनाइएको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया