Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

झापा, २ वैशाख २०८१ । झापामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मेचिनगर नगरपालिका वडा नम्बर १ घर भइ बिर्तामोड नगरपालिकाको बजार एरियामा दिनभरि कबाडिका सामान बटुली बिर्तामोड नगरपालिका वडा नम्बर १ अदुवा पुल स्थित रहेको राष्ट्रिय बाणिज्य बैकको पुरानो भवनमा बस्दै आएकी अन्दाजी ३५ वर्षिया सुनिता मडि शनिबार(हिँजो) मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार राती अन्दाजी ९ बजेको समयमा उक्त महिला मृत अवस्थामा फेला परेको खबर प्राप्त गर्नसाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब उपरिक्षक प्रकाश विष्टको कमाण्डमा टोली खटिएको थियो । उक्त शवलाई पोष्टमार्टमको लागी पठाईसकेको साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया