Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

बि खड्का
गौरादह, १ वैशाख २०८१ । गौरादह-१ को गोपेश्वर आर्यघाट कृष्णगंगा स्थलमा सरसफाइ गरिनुका साथै फूलका बिरुवा रोपिएको छ। शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा गोपेश्वर आर्यघाट स्थलमा सरसफाइ गरि फूलका बिरुवा रोपिएको हो।

संस्थाको २६ औं स्थापना दिवसको अवसरमा संस्थाका पदाधिकारी तथा स्थानीय बासिन्दाको सहभागीतामा बिरुवा रोपिएको हो। गौरादह नगरपालिका वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले फूलका बिरुवा रोपर उद्घाटन गरेका थिए। उद्घाटन पछि वडाध्यक्ष भण्डारीले सार्वजनिक स्थल क्षेत्र सधैं सरसफाइ हुन आवश्यक रहेकाले संस्थालाई धन्यवाद दिदै स्थानीय बासिहरुको पनि ध्यान जान जरुरी रहेको बताएका छन

। शुभलक्ष्मी सहकारी संस्थाका अध्यक्ष प्रकाश कार्कीले संस्थाले बिगत बर्षहरुमा झैं यश बर्ष पनि स्थापना दिवसका अवसरमा बिभिद कार्यक्रम गरि मनाउने लक्ष्य रहेको धारणा राखेका थिए। आर्यघाटको रुपमा चिनिदै आएको सो स्थान पछिल्लो समयमा धार्मिक स्थलका रुपमा चरिचित भएको छ।आर्यघाट स्थलमा मन्दिर निर्माण गरिएपछि गोपेश्वर आर्यघाट कृष्णगंगा नामाकरण गरिएको वडाध्यक्ष भण्डारीले बताएका छन। कृष्णगंगा आर्यघाट स्थल सरसफाइ पछि संस्थाले ल्याएका विभिन्न जातका फूलहरु रोपिएका छन। कृष्णगंगा आर्यघाट क्षेत्रमा सरसफाइ गरि संकलन गरिएको फोहोर बस्तु नजिकको खोलामा डिस्पोज गरिएको गोपेश्वर आर्यघाट अध्यक्ष टंक कार्कीले बताएका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया