झापा, २१ चैत २०८० । झापामा बलेसीमा लडेर एक वृद्धाको मृत्यु भएको छ । कमल गाउँपालिका-२ का ७८ वर्षीया कमलादेवी अधिकारीको बलेसीमा लडेर मृत्यु भएको हो ।
घरमा एक्लै बस्दै आएकी अधिकारीलाई बुधबार बिहान साढे ५ बजेतिर बलेसीमा लडेको अवस्थामा मृत देखेपछि आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए । उनी प्रेसरको बिरामी भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।