राजगढ, २० चैत २०८०। झापाको बाह्रदशी-२ रिमाल चौकको एउटै टोलबाट एउटा मोटरसाइकल र पाँचवटा मोबाइल चोरी भएको छ ।
गएराति ध्रुव निरौलाको घरबाट मे ९ प ८१४ न. को सुपर स्प्लेन्डर मोटरसाइकल र एउटा मोबाइल चोरी भएको हो । निरौलाको घरमा पाहुना आएका पुजन मिश्रको मोटरसाइकल र मोबाइल चोरी भएको हो ।
त्यस्तै निरौलाका छिमेकी गणेश पाण्डे र सविता बानियाको घरबाट दुई–दुईवटा मोबाइल चोरी भएको बाह्रदशी-३ का जनप्रतिनिधि लक्ष्मी निरौला अधिकारीले बताइन् । उनका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय राजगढमा जानकारी गराइएको छ ।