Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

पर्वत, २० चैत २०८० । पर्वतको जलजला गाउँपालिका–२ राममन्दिरमा गएराति २ जनाको हत्या भएको छ।

घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ। सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। एक्लो ठाउँमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे। लुटपाट गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

 

तपाईको प्रतिक्रिया