Online Bichar
शनिबार, बैशाख ०६, २०८२ | Saturday, April 19, 2025

झापा, १८ चैत २०८० । नेपाल-भारत भएर बग्ने मेची नदीमा एक जना मृत फेला परेको छ। भद्रपुर नगरपालिका-३ स्थित बैसाबारीमा अन्दाजी ४० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बैसाबारीको मेची नदीमा निर्माण गरिएको अस्थायी बासको पुलमुनि आइतबार दिउँसो करिब १ बजेको समयमा शव फेला परेको हो। शवको सनाखत भएको छैन।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। बैसाबारीका स्थानीयले मृत फेला परेको व्यक्ति भारतीय नागरिक भएको आशंका गरेको छ।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया