Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

मोरङ, १८ चैत २०८० । मोरङको सुनवर्षी नगरपालिका-८ स्थित हरिसचन्द्रगढीबाट प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका(६ पटियापाडाकी २० वर्षीया सुलेखा राजवंशी रहेकी छिन् । शनिबार बेलुका ५ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले उनलाई ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया