Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

काठमाडौँ, १४ चैत २०८० । नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बम पक्राउ परेकी छन् । अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई प्रहरीले मंगलबार काठमाडौँको बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।

बमलाई आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार पीडितको मोबाइल समेत कब्जा गरेर अपराधिका लाभ लिएको आरोप छ ।

उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया