Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

झापा, ११ चैत २०८० । काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा फागु पर्व आज धूमधामसँग मनाइँदैछ। बसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।

फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुसीयालीमा फागु पर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।

फागुन शुक्ल अष्टमीको दिन चीर (विशेषरूपले सजाएको लिङ्ग) गाडेपछि होली शुरु हुन्छ । तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ। पहाडी क्षेत्रमा होलिका दहन गरेपछि होली सकिन्छ भने तराईमा होलिका दहन गरेपछि यो पर्व मनाइन्छ।

 

तपाईको प्रतिक्रिया