झापा, ९ चैत २०८० । झापाको गौरादहमा आगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको छ । शुक्रबार(आज)अन्दाजी १ः३० बजेको समयमा गौरादह नगरपालिका-५ बालुबथानका देविदास अधिकारीको टिनको छानो भएको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
के कुन कारण अचानक आगलागी भएको भनि प्रहरी चौकी महारानीझोडामा जानकारी प्राप्त हुन साथ प्रहरी चौकी महारानीझोडाबाट प्रहरीको टोली खटिएको थियो । आगलागीबाट गोठ भित्र रहेको काठपात, पराल र गोठ समेत पुर्ण रुपमा जलि नष्ट हुदा १ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ । आगलागी गौरादह नगरपालिकाको दमकल, स्थानिय बासी र प्रहरीको सहयोगमा २ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट अन्य मानविय, चौपाया क्षति नभएको जनाइएको छ ।