Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

झापा, ८ चैत २०८० । झापामा पुरानो रिसिविको कारण फलामको खन्ति प्रहार गरेर एकजनाको हत्या भएको छ । भद्रपुर नगरपालिका-२ का चन्द्र वहादुर राईको छोरा ३५ वर्षिय सनम भन्ने गंगा राईको हत्या भएको हो ।

बुधबार अन्दाजी राती ९ बजेको समयमा सनम भन्ने गंगा राई सोही ठाउँको विर वहादुर राईको घरमा आई सुतेको बेलामा बिहिबार(आज)बिहान अन्दाजी ५ बजेको समयमा विर बहादुर राईको छोरा ३० वर्षिय कमान सिंह राईले सुतिरहेको अवस्थामा पुरानो रिसिविको कारण फलामको खन्तिले टाउकोमा प्रहार गरी गंगा राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खन्ति प्रहारबाट राईको घट्ना स्थलमा नै मृत्यु भएको थियो ।

उक्त घट्नाबारे सोही ठाउँको वडाध्यक्षले इलाका प्रहरी कार्यालय पृथ्विनगरमा जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय पृथ्विनगरबाट प्रहरीको टोलि खटिएको जनाइएको छ । हत्या गर्ने कमान सिंह राईलाई खन्ति सहित नियन्त्रणमा लिई घट्ना स्थल सुरक्षित राखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान एवं कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापावाट प्रहरीको टोलि खटिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया