Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

झापा, ६ चैत २०८० । विराटनगरस्थित एक होटलमा सिटिजन्स बैंकमा कार्यरत कर्मचारी मृत फेला परेका छन् । सोमबारदेखि बेपत्ता भएका सिटिजन्स बैंकका कर्मचारी क्षितिज घिमिरे विराटनगर-९ कलेज रोडस्थित होटल रोयल किचेनमा मृत फेला परेका हुन् ।

घिमिरेको शव होटलको कोठा नम्बर १०९ मा मंगलबार बिहान भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

क्षितिज सम्पर्कविहिन भएको भन्दै आफन्तहरुले सोमबार प्रहरीलाई खोजतलास गरिदिन निवेदन दिएका थिए ।

 

तपाईको प्रतिक्रिया