Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

झापा, ६ चैत २०८० । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-४ स्थित मुनाल टोलमा मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोड-५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमाल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सोमबार दिउँसो ३ बजे स्थानीय २५ वर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आइरहेको १५० सिसीको कालो निलो रङ्ग भएको मे ८ प १७७० नम्बरको पल्सर मोटरसाइकल घर अगाडि पार्किङ गरी राखेको अवस्थामा धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गर्न खोजेका थिए । धिमालले मोटरसाइकल चोर्न लाग्दा स्थानीयले देखेर तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनिलाई जिम्मा लगाएका छन्।

पक्राउ परेका धिमाललाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय अनारमनिमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पछिल्लो समयमा झापाका विभिन्न स्थानबाट बजाज कम्पनीको पल्सर मोटरसाइकलहरू चोरी हुन थालेको छ। मोटरसाइकल चोरीका घटना बढेसँगै झापा प्रहरी अन्य घटना छाडेर चोरी गर्ने गहिरोको खोजीमा लागि परेको जनाइएको छ।अन्नपूर्णपोष्टबाट

 

 

तपाईको प्रतिक्रिया