Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

काठमाडौं, २१ फागुन २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुको सपथ गराएका हुन्।

पौडेलले विना विभागिय मन्त्रीहरुको रुपमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई सपथ गराएका हुन्।

नयाँ सत्ता समिकरणमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा रहेको छ। सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे सहभागी थिए।

 

तपाईको प्रतिक्रिया