Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

धरान, २० फागुन २०८० । सुनसरीको इटहरी उपमहानगरपालिकामा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान कोठाभित्र लागेको आगोमा परि इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

स्थानीय विष्णु खड्काको घरमा भएको आगलागीमा परि कटुवालको मृत्यु भएको हो । मृतक कटुवाल छोरा बुहारीसँग खड्काको घरमा डेरामा बस्दै आएकी थिइन् ।

मृतक कटुवाल लामो समयदेखि डिप्रेसनको बिरामी थिइन्। घट्नाबारे थप अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए।

तपाईको प्रतिक्रिया