Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

काठमाडौं, १६ फागुन २०८०। नेपाल बिद्यार्थी संघ मोरङ जिल्ला कार्यसमितिको उपसभापतिमा प्रखर बिद्यार्थी नेता पोषण जङ्ग आचार्य मनोनित भएका छन।

बिराटनगरस्थित नेबिसंघ पार्टी कार्लयलमा आम बिद्यार्थीको भेलाले उपसभापतिमा पोषण जङ्गलाई सर्बसम्मत उपसभापतिमा चयन गरेको हो ।
उर्लाबारी बहुमुखी क्याम्पसबाट बिद्यार्थी राजनीति जिवन सुरु गरेका आचार्य नयाँ पुस्ताका मार्गदर्सक समेत हुन । उनका प्रेरणाले थुप्रै विद्यार्थी नेबिसङ्गमा आबद्ध भएका छन । बिपन्न बिद्यार्थीलाई छात्रवृत्ति होस या सरसहयोग उनको भुमिका अग्रणि रहने गरेको छ ।

यसैबिच नेपाल तरुण दल नेता बिक्रान्त योन्जन तामाङले उपसभापतिमा मनोनित अचार्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया