Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १५ फागुन २०८० ।  जुवा खेलिरहेका १२ जनालाई झापा प्रहरीले नगदसहित पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका११ नहरचोक का ४७ वर्षिय चेतन दुलालको घरमा कौडा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको हो ।

दुलालको घरमा जुवा खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनको घरमा खानतलासी गर्दा जुवा खेलिरहेको अवस्थामा घरधनी चेतन दुलाल, शिवसताक्षी नगरपालिका-९ का ४७ वर्षिय पुर्ण कुमार लिम्बु, वडा नं. १० का ३६ वर्षिय रबिन राई, वडा नं.९ का २६ वर्षिय मोहन दुलाल, वडा नं. १० का ३४ वर्षिय प्रमोद राई , वडा नं. ७ का ४२ वर्षिय खडी बहादुर श्रेष्ठ, सोही ठाउँ बस्ने ३७ वर्षिय शिवोराज माबो, ५५ वर्षिय मोहन प्रसाद दुलाल, वडा नं. १० बस्ने ३३ वर्षिय नविन सेलिङ, ३१ वर्षिय बुद्वहाङ सिगु, वडा नं. ४ बस्ने २२ वर्षिय राजेश कुमार ताजपुरिया र वडा नं. ९ बस्ने ४५ वर्षिय लोकनाथ दुलाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जुवाको खालबाट नगद ६६ हजार ६५ रुपैयाँ, १६ थान कौडा, कौडा खेलाउँदा प्रयोग भएको म्याट, काठको फ्रेम र ११ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया