Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

झापा, १४ फागुन २०८० । झापामा विभिन्न मुद्धाका ३ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चोरी र बालयौन दुरुपयोग मुद्दामा फरार रहेका ३ जना प्रतीवादीलाई झापा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं.१ बस्ने ५६ वर्षिय सिरी साइला सोमाई हेमरम सतार, मेचीनगर नगरपालिका वडा नं.७ बस्ने २५ वर्षिय राज किसान र कनकाई नगरपालिका वडा नं.६ बस्ने ३४ वर्षिय दिनेश खवास रहेका छन् । ।

२०७९ चैत १९ गतेको फैसला अनुसार चोरी मुद्दाका फरार रहेका सिरी साइला सोमाई हेमरम सतारलाई १ महिना कैद र पिडित राहत कोषमा २ सय जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका थिए । यस्तै, २०८० जेठ ९ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका राज किसानलाई ६ महिना कैद र १० हजार जरिवाना तथा पिडित राहत कोषमा २ सय जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका थिए । २०७८ चैत ६ गतेको फैसला अनुसार बालयौन दुरुपयोग मुद्दामा फरार रहेका दिनेश खवास ३ महिना कैद, ५ हजार जरिवाना, पीडितलाई १० हजार क्षतिपुर्ती दिलाई भराई दिनुपर्ने तथा पिडित राहत कोषमा ४ सय जम्मा गर्नु पर्ने फैसला भएकोमा फरार रहेका थिए ।

फरार रहेका ३ जना प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोली र मातहत कार्यालयहरुबाट खटिएको संयुक्त प्रहरी टोलीहरुले आईतबार फैसला कार्यन्वयनको निमित्त जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । पक्राउ परेका तीन जनालाई अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया