Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा, १३ फागुन २०८० । झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घट्ना हुँदा उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-९ स्थित कालीस्थान बस्ने ५५ वर्षिय खेम बराल रहेका छन् ।

शनिबार(हिँजो)७ः५० बजेको समयमा अर्जुनधारा नगरपालिका-९ चिया बगान स्थित भित्रि सडकमा शनिश्चरेबाट कालीस्थान तर्फ जाँदै गरेको प्र.१-०१-०१५ प ९८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनाबाट मोटरसाइकल चालक बरालको अनुहारमा चोट लागि घाईते भई शनिश्चरे स्थित शंकर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो । घाईते बरालको उपचारको क्रममा आज(आईतबार)३ः५० बजे बिर्तासिटि अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया