Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा, १३ फागुन २०८० । झापामा सुतिरहेको स्थानमा एक मानिस मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा नगरपालिका-५ बस्ने ४१ वर्षिय लबलाल राजवंशी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

मृतक राजवंशी आईतबार ५ बजेको समयमा बिर्तामोड नगरपालिका-२ साङ्गबेद टोल स्थित आफ्नै काका मलिक लाल राजबंशीको घर निर्माण हुदै गरेकोले काम सहयोग गर्नको लागी आएकोमा खाना खाई १२ः३० बजे तिर सुतेकोमा ५ बजे सम्म पनि नउठेकोले उनको आफन्तले हेर्दा सुतिरहेको स्थानमा मृत अवस्थामा उनलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घट्नास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली खटीएको थियो । उक्त लासको ७ः३० बजे कानुनि प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया