Online Bichar
शुक्रबार, आश्विन १८, २०८१ | Friday, October 4, 2024

काठमाडौँ, १३ फागुन २०८० । झापाको दमकस्थित बालुवाटारको ३९७ रोपनी ८ आना जग्गा गैरकानुनी तरिकाले ‘रैकर’ कायम गराएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । जग्गा हालसाबिक गर्दा व्यक्तिको नाममा घुसाएको आरोपमा १७२ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए ।

रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फको सार्वजनिक जग्गा हिनामिनामा संलग्न नापी कार्यालय दमकका १० जना कर्मचारी, मालपोत कार्यालयका झापाका ११ जना कर्मचारी र नापी कार्यालय चन्द्रगढीका ७ जना कर्मचारीलाई अख्तियारले प्रतिवादी कायम गरेको छ । गैरकानुनी तरिकाले आफ्नो जग्गामा सरकारी जग्गा घुसाउने ३६ जना तथा जग्गा जफत प्रयोजनका लागी १०८ जना सहित १७२ जनालाई प्रतिवादी बनाइएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।

आरोपीहरूले न्यूनतम मूल्य ३४ करोड ६६ लाख ५४ हजार पर्ने जग्गा दोस्रो नापीमा ‘रैकर’ कायम गराएर नापनक्सा सहित हालसाबिक पुर्जा लिएका हुन् । २०२१ सालको नापीमा सो जग्गा सरकारी कायम रहेको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।

 

तपाईको प्रतिक्रिया