Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा, १२ फागुन २०८० । झापामा वनभोज खाएर फर्कदै गरेको स्वास्थ्यकर्मीहरु सवार बस दुर्घटना भएको छ । शनिबार अन्दाजी ५ः४५ बजेको समयमा कमल गाउँपालिका, दमक नगरपालिका र उर्लावारी नगरपालिका का निजि अस्पतालका स्वास्थ्यकर्मीहरू सवार बस दुर्घटना भएको हो ।

झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखा स्थितबाट वनभोज खाई दोमुखाबाट दमकतर्फ को १ ख ६३०५ नं को बसमा फर्कने क्रममा शिवसताक्षी नगरपालिका-१० किरात चौक स्थित पुर्व पश्चिम राजमार्गमा बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार केही मानिसहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त बसमा सवार अन्दाजी ३०/३५ जना मध्ये ७ जना दुर्घटनामा परी घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरुमा मोरङ उर्लावारी नगरपालिका-६ का ४६ वर्षिय तारा प्रसाद अधिकारी, अधिकारी कि श्रीमती ४३ वर्षिया उमा खनाल, उर्लावारी-५ का ५५ वर्षिय बहादुर चौधरी, चौधरी की श्रीमती पबित्रा लामिछाने, उर्लावारी-४ कि ३६ वर्षिया बन्दना प्रसाई, उर्लावारी-४ का २५ वर्षिय महेश नाथ र उर्लावारी-६ कि ३० वर्षिया कल्पना कडेल रहेका छन् । घाइते सबैको अरनिको अस्पताल उर्लावारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको जनाइएको छ ।

ईलाका प्रहरी कार्यालय झिलझिलेमा बस दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ झिलझिलेबाट प्रहरी टोली खटिएको जनाइएको छ । बस चालक मोरङ उर्लावारी नगरपालिका-५ का ४१ वर्षिय चन्द्र कुमार फुयाल ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया