Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा, १० फागुन २०८० । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-५ का १९ वर्षिय निराज मण्डल र बिर्तामोड-६ का १९ वर्षिय राहुल चौधरी रहेका छन् ।

बिहिबार अन्दाजी ५ः१५ वजेको समयमा बिर्तामोड नगरपालिका-४ आदर्स पार्टी प्यालेश अगाडी शंकाष्पद अवस्थामा हिडडुल गरी रहेको अवस्थामा दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले फेला पारी संका लागि चेक जाच गर्दा निराज मण्डलले लगाएको बक्स हाफ पेन्टको दाहिने गोजिमा प्लाष्टिकको प्याक गरेको अवस्थामा ४ ग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भई रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया