Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा, १० फागुन २०८० । झापाको दमकबाट लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गौरीगञ्ज गाउँपालिका-३ स्थित रिमाल टोलका १९ वर्षिय गगन रिसिदेव र २७ वर्षिय रविन पासवान रहेका छन् ।

बिहिबार(आज) अन्दाजी ४ः३० बजेको समयमा दमक नगरपालिका-६ स्थित दमक पश्चिम जेसीस चोकबाट पशुहाट बजार तर्फ पैदल जादै गरेको रिसिदेवलाई बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनले बोकेको कालो झोला खानतलासी गर्दा ऊक्त कालो झोला भित्र सेतो प्लाष्टिकमा सिल गरेको अवस्थामा पानीले भिजेको जस्तो १०२ ग्राम २६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

प्रारम्भिक सोधपुछको क्रममा उक्त लागु औषधमा पासवानको समेत संलग्न रहेको र बसपार्क तर्फ रहेको भन्ने खुलाएकोले पासवानलाई खोजतलास गर्ने क्रममा दमक नगरपालिका-६ थाना लाईनमा रहेको चिया पसलमा बसि रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै जनालाई उक्त लागुऔषध सहित पक्राउ गरी थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया