Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

झापा, ९ फागुन २०८० । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । बिर्तामोड नगरपलिका-५ भद्रपुर रोड बस्ने २० वर्षीय राज राजवंशीलाई झापा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका राजवंशी सोही ठाउँमा शंकास्पद अवस्थामा हिडडुल गरी रहेको अवस्थामा भेटीए पश्चात खानतलासी गर्दा उनले लगाएको पेन्टको दाहिने गोजिमा चुरोटको खोल भित्र लुकाई छिपाई राखेको अवस्थामा १ ग्राम ३३० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै, एकै आकार प्रकारको स-साना प्लाष्टिकको पोका ४ थान, सोही चुरोटको खोलमा स-साना प्लाष्टिकको टुक्राहरु १७ थान र गोजी भित्र ९७०४५१५५७४ नम्बरको सिम प्रयोग भएको स्यामसुङ मोवाईल सादा सेट १ थान, नेपाली हजारको नोट १ थान फेला परेको जनाइएको छ । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया