Online Bichar
शनिबार, बैशाख १३, २०८२ | Saturday, April 26, 2025

झापा, ५ फागुन २०८० । झापामा एक महिलाले ५ वर्षिया छोरीसहित आफ्नो शरिरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेकि छिन् । शुक्रबार(हिंजो)८ः३० बजेको समयमा बुद्धशान्ति गाउँपालिका-२ गोपाल डाँडा घलेगाँउ बस्ने राजन वि.क.को २८ वर्षिय श्रीमती माया रम्तेलले आफ्नै छोरी बर्षा बि.क.लाई आफ्नै शरिरमा सलले बाँधि आफ्नो शरिर भरी पेट्रोल खनाई आफैले आफ्नो शरिरमा आगो लगाएकी थिइन् ।

स्थानीयले शरिरमा आगो लगाएको देखे पश्चात इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए । खबर प्राप्त गर्नसाथ ९ः२० बजेको समयमा इलाका प्रहरी कार्यालय बुधबारेको टोली घटनास्थल पुगेर दुवै घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको लागि पठाएका थिए ।

हाल माया रम्तेलको शरीरको सम्पूर्ण भाग जलेकोले अवस्था गम्भीर रहेको छ भने बोल्न नसक्ने छोरी वर्षा बि.क.को शरीरको विभिन्न भागमा जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै सुसाईड नोट फेला परेको थियो । उक्त नोटमा श्रीमान् अन्य महिलासँग सम्बन्धमा रहेको कारण बाध्य भई यस्तो निर्णय लिन पुगेको लेखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रीमान् राजन शुक्रबार बिहानैदेखि ज्यामी काममा गई घर फर्की आउने क्रममा उनलाई बुधवारे बजारबाट प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान  गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया