Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

झापा, ४ फागुन २०८० । झापामा जंगली हात्तीले २ वटा घरमा क्षती पुर्याएको छ । शुक्रबार(आज)बिहान ४ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका-१ सातकटेरी टोलमा जंगली हात्ति आई जगदीश सारु मगर र नर बहादुर सोराली मगरको घरमा क्षती पुर्याएको हो ।

हात्तीले जगदीश मगरको टिनको छाना बाँसको बेरा भएको घरको दक्षिण पट्टीको बरण्डाको बेरा भत्काई भकारीमा रहेको अन्दाजी ४० मन धान खाई कुल्चिदा ७० हजार मूल्य बराबरको क्षती गरेको छ भने, अर्का पिडित नर बहादुर मगरको टिनको छाना टिनको बेरा भएको भान्सा घरको पश्चिम पट्टीको टिनको बेरा भत्काई भान्सा कोठामा रहेको अन्दाजी १५ मन धान खाई ४५ हजार मूल्य बराबरको क्षती गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जंगली हात्ति आई क्षती गरेको भन्ने खबर प्राप्त हुन साथ तत्काल प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया