काठमाडौं, ४ फागुन २०८० । दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जिव झामाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ। क्रान्तिकारी युवा संगठन नेपालले कार्यकक्षमा रहेका डीडीसीका महाप्रबन्धक झामाथि कालोमोसो दलेको हो।
महाप्रबन्धकमाथि कालोमोसो दलेको भिडियो युवा संगठनले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेको छ।
मोसो दल्ने क्रमा झा र युवा संगठनका कार्यकर्ताबीच हात हालाहाल समेत भएको छ। झाले डीडीसीमा अनियमिता र भ्रष्टाचार गरेको भन्दै कालोमोसो दलेको संगठनले जनाएको छ।
झामाथि दूध बचेको करिब १७ करोड रुपैयाँ संस्थामा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको,किसानबाट खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोलगायत आरोप लगाइएको छ।
यसअघि सोमबार सो समूहले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई समेत कालोमोसो दलेको थियो। लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै महानिर्देशक रिजालमाथि कालोमोसो दलेको हो।