Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

झापा, ४ फागुन २०८० । झापाको गौरादहमा एक घरमा आगलागी भएको छ । गौरादह नगरपालिका-९ खजुरबारी का भक्त बहादुर श्रेष्ठको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाया खुट्टा नभएको फरक क्षमता भएका श्रेष्ठको बिहिबार (हिँजो) राती ९ः३० बजेको समयमा घरमा खाना पकाउने क्रममा अचानक आगो सल्किन गई आगलागी भएको जनाइएको छ । आगलागीबाट टिनको छाना, खर र बासको टाटीबेराले बनेको भुइतले घर, भाडावर्तन, कपडा, खाद्यान्न र आवश्यक कागजपत्र पूर्ण रुपमा जलेर नष्ट हुँदा १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानविय र चौपाय क्षति भने नभएको जनाइएको छ । अस्थायी प्रहरी चौकी बैगुन्धुराको प्रहरी टोली, सशस्त्र प्रहरी, स्थानीयबासी र नेपाल प्रहरीको सहयोगमा १०ः२० बजेको समयमा पूर्ण रुपमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया