Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

काठमाडौं, ३ फागुन २०८० । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ वृद्धि गरेको हो।

भारतले मूल्य बढाएर नयाँ सूची पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७२ र डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्यूची आज राति १२ बजेदेखि लागू हुनेछ।

 

तपाईको प्रतिक्रिया