झापा, ३ फागुन २०८० । झापामा विषालु सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका-१ बस्ने ओम बहादुर दाहाल कि अन्दाजी ६५ वर्षीय महिलाको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
मृतक दाहाल खेतमा काम गरिरहेको बेला विषालु सर्पले टोकि घाईते भई उपचारको लागि बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचाररत रहेको बेला १ः४० बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।