Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

झापा, ३ फागुन २०८० । झापाको हल्दिबारीमा एक घरमा आगलागी भएको छ । हल्दिबारी गाउँपालिका-४ स्थित तामाङ चोकमा रहेको सेखर अधिकारीको घरमा आगलागी भएको हो ।

बिहिबार अन्दाजी ११ः५० बजेको समयमा अधिकारीको टिनको छानो, टाटि बेरा भएको १ तले कच्ची घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट घर र घर नजिकै रहेको परालको कुनिउ जलेर नष्ट हुँदा अन्दाजी १५ हजार बराबरको क्षति भएको जनाइएको छ । आगलागी भएको जानकारी प्राप्त गर्न साथ प्रहरी चौकी जलथलबाट प्रहरीको टोली, स्थानीय र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा १२ः३० बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया