Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

काठमाडौँ, २८ माघ २०८० । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक १० अंकमाथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १०.५० अंकले घट्दै २ हजार ८५.८२ अंकमा झरेको हो ।

अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५.७४ अंकले बढेर २ हजार ९६.३८ अंकमा अडिएको थियो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.८९ अंकले घटेर ३७४.७५ अंकमा झरेको नेप्सेले जनाएको छ ।

आज विकास बैंक समूह, हाइड्रोपावर समूह र म्युचुअल फन्ड समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् ।

यस दिन ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

सबैभन्दा बढी आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १२ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस दिन समाज लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले १० प्रतिशतले कमाएका छन् भने एनआईसी एसिया ग्रोथ फन्ड–२ का लगानीकर्ताहरूले १० प्रतिशतले नै गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया