Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

काठमाडौं, २७ माघ २०८० । भक्तपुरको मध्यपुर थिमी नगरपालिका –६ कमेरोटारको एक कवाडी पसलमा भीषण आगलागी भएको छ । दिउँसो २ बजे लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त थिमीका प्रहरी जवान दीपेन्द्र जोशीले बताउनुभयो ।

आगो निभाउनका निम्ति जुद्ध वारुणयन्त्र भक्तपुरबाट दुई वटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौँबाट समेत दमकल मगाएर आगो निभाउने प्रयास भइरहेको उहाँको भनाइ छ ।

आगलागीमा मानवीय क्षति भने भएको छैन । आगलागी के कारणले भएको हो भने खुल्न बाँकी छ । आगलागीबाट कवाडी पसलमा सङ्कलन गरिएका सबै कवाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण यकिन गर्न सकिने प्रहरी जवान जोशीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया