झापा, २५ माघ २०८० । झापाको कमलमा मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका-४ स्थित एकता चोकका ४८ वर्षिय शुरेस राईको दुर्घटनामा परी मृत्यु भएको हो ।
बिहिबार(आज)राती ८ः३० बजेको समयमा कमल गाउँपालिका-४ को एकता चोक स्थितमा चुलाचुली मोडबाट दक्षिण टयाङ्गे पुल तर्फ जाँदै गरेको को१प १८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा सवारी चालक राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राईको दुर्घटनामा परी दाहिने गालामा चोट लागी अचेत अवस्थामा उपचारको लागी लाईफ लाइन अस्पताल दमक लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी बीएण्डसी हस्पिटल बिर्तामोड रेफर गरिएको थियो । सोही हस्पिटलमा उपचारको क्रममा राईको ९ः२० बजेको समयमा मृत्यु भएको जनाइएको छ । मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जनाइएको छ ।






