Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

डडेल्धुरा, २२ माघ २०८० । डडेल्धुरामा निसास्सिएर सासू र बुहारीको मृत्यु भएको छ। चिसोलाई छल्न कोठामा दाउरा बालेर एउटै कोठामा सुतेका सासू र बुहारीको मृत्यु भएको हो।

मृत्यु हुनेमा जिल्लाको अमरगढी नगरपालिका-१ मालमकी ६० वर्षीया सासू धौली देवी दियाल र २६ वर्षीय बुहारी पुनम दियाल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए।

सूचना अधिकारी नायकका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरुको मृत्यु भएको खुलेको छ। बिहान अबेरसम्म सासू बहारी नउठेपछि घर परिवारका मानिसले खोजि गरेका थिए। उनीहरुलाई बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा सोमबार बिहान ८ बजे अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका छन्। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया