Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

झापा, २२ माघ २०८० । प्रेस चौतारी नेपालले आज २६ औँ स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा दिउँसो शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम गर्न लागेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए। हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्न लागिएको चौतारीले जनाएको छ।

त्यस्तै अग्निशिखा पत्रकारिता पुरस्कार चौतारीकै पूर्ववरिष्ठ उपाध्यक्ष माधव नेपाल, चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार यासिमा महत र वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार रौतहटका फणिदेव महतले प्राप्त गर्नेछन्। यस्तै डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार रुकुमपूर्वका महेश केसी र सावित्रीदेवी पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गर्न लागिएको छ।

वि.सं. २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । सोही दिनको स्मरणमा चौतारीले केन्द्र र देशभरका शाखामा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदै आएको छ।

 

तपाईको प्रतिक्रिया